दफा ८
अभिलेख तथा कागजातको अनतिक्रम्यता
(१) केन्द्रका अभिलेखहरू तथा सबै प्रकारका लिखतहरू नेपालभित्र जहाँसुकै रहेको भएतापनि अनतिक्रम्य हुनेछ ।
(२) केन्द्रको औपचारिक पत्र व्यवहार, लिखत तथा प्रकाशनमा कुनै पनि प्रकारले सेन्सर गरिने छैन र त्यस्तो कागजात तथा अन्य कुनै पनि हुलाक वस्तुको पुलिन्दा वा अन्य बन्दी खाम, बट्टा, बाकस, अदत समेत खोलिने तथा रोकिने छैन । तर त्यस्तो बन्दी पुलिन्दा वा अदतभित्र केन्द्रको कागजात बाहेक अन्य कुनै चीज राखिएमा प्रचलित नेपाल कानुनबमोजिम हुनेछ ।